२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीमा आगलागी हुँदा तीन वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उनकी तीन वर्षीया नातिनी विष्णुमायाको मृत्यु भएको हो । जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा उनको मृत्यु भएको हो । विद्युत् चुहावट भई कार्कीको घरमा आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ताकपडालगायत सम्पूर्ण सामान जल्दा १७ लाख बराबरको क्षति भएको छ । आगलागी प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]