२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोली बस्ने

१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर हुनसक्ने

Birat Sandesh

सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित

नेपाली कांग्रेसको भोली मंगलबारका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । हिजो बसेको पदाधिकारी बैठकले १६ गते १ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकमा नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने लगायतका विषयमा छलफल भएको नेता रमेश लेखकले बताए । उनले भने,‘ १४ औं महाधिवेशन फागुनका लागि तोकिएकोमा त्यसको कार्यतालिका परिमार्जन गरेर जाने भन्ने विषयमा आज छलफल भयो ।’ कोरोनाका कारण रोकिएको सदस्यता वितरण, नवीकरण लगायतका कामहरुलाई कसरी व्यवस्थित बनाउदै लैजाने भन्ने विषयमा समेत छलफल भएको नेता लेखकले बताए । उनले भने,‘क्रियाशील सदस्यता वितरण, स्थानीय तहको अधिवेशन कोरोनाका कारण प्रभावित बनेको छ । आगामी फागुनमै महाधिवेशन गर्ने गरी आन्तरिक कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भयो ।’ कांग्रेसले फागुन ७ देखि १० सम्म महाधिवेशन गर्ने मिति यस अघि नै तोकिसकेको छ ।

सोमबार, आषाढ १५, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]