२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

काठमाडौं, १६ असार । नेपालमा मंगलबार कोरोना भाइरस (कोभिड—१९) ३ सय १६ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना संक्रमित थपिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या मंगलबारसम्म १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६ सय ५७ र पुरुष ११ हजार ९ सय ७ रहेका छन् । मंगलबार सबैभन्दा बढी सुदूरपश्चिममा १ सय २१ जनामा संक्रमण देखिएको छ । त्यहाँ २ हजार ४ सय ५७ जना कुल संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा मंगलबार ४७ जना गरी ३ हजार ८ सय ७ जना संक्रमित रहेका छन् । प्रदेश नम्बर २ मा मंगलबार ८२ गरी कुल ३ हजार ७ सय ९४, गण्डकी प्रदेशमा मंगलबार २५ सहित मंगलबारसम्म १ हजार १७, कर्णाली प्रदेशमा मंगलबार १३ गरी १ हजार ४ सय ३६ जना संक्रमित रहेका छन् ।
यस्तै प्रदेश नम्बर १ मा मंगलबार १२ गरी कुल ५ सय ९५ र बागमती प्रदेशमा १६ गरी कुल ४ सय २८ जना संक्रमित रहेका छन् । पीसीआर विधिबाट पछिल्लो २४ घण्टामा ४ हजार ७ सय ११ जनाको कोरोना परीक्षण गरिएको छ । अहिलेसम्म पीसीआर विधिबाट २ लाख २८ हजार ३ सय ४१ जनाको परीक्षण भएको छ । यस्तै आरडिटी विधिबाट मंगलबारसम्म २ लाख ९७ हजार ८ सय ७१ जनाको परीक्षण भएको छ ।
अहिले देशभरीका क्वारेन्टिनमा ५३ हजार ७० जना रहेका छन् । देशका विभिन्न अस्पतालमा १० हजार ३ सय ४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । मंगलबार ९ महिला र ५१ पुरुष गरी ६० जना डिस्चार्ज भएका छन् । यो सँगै मंगलबारसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी ३ हजार १ सय ९४ जना रहेको छ ।

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]