२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

काठमाडौं, १६ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा ३० असारसम्ममा परीक्षा नियन्त्रण कार्यालयमा पुर्याउन निर्देशन दिएको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले आगामी साउन १५ गतेभित्र एसईई नतिजा प्रकाशन गर्ने लक्ष्यअनुसार विद्यालयलाई ताकेता गरिएको हो । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण एसईई हुन नसकेपछि आन्तरिक मूल्याङ्कनको आधारमा नतिजा तयार पारेर पठाउन निर्देशन दिइएको हो ।
विद्यालयहरूले भने असार २० गतेभित्रै शिक्षा विकास तथा समन्वय इकाईमा पठाइसक्नुपर्नेछ । विद्यालयहरूले ‘माध्यमिक शिक्षा परीक्षा कक्षा १० को विद्यार्थी मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७’ को आधारमा नतिजा तयार पार्नुपर्नेछ । जेठ २८ गतेको मन्त्रिपरिषद् बैठकले यो वर्षका लागि एसईई सञ्चालन नगर्ने निर्णय गरेपछि विद्यालयका प्रधानाध्यापक, अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक र सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्याङ्कन समितिलाई मूल्याङ्कनको अधिकार दिइएको हो ।
मूल्याङ्कन समितिले तयार पारेको नतिजाको आधारमा राष्ट्रिय परीक्षा बोर्डले नै विद्यार्थीहरूलाई प्रमाणपत्र दिनेछ । कोभिड–१९ का कारण सरकारले यो वर्ष एसईई नगर्ने भएपछि देशभरि ४ लाख ८२ हजार २१९ विद्यार्थी परीक्षाबाट वञ्चित भएका हुन् । २०७६ चैत ६ गतेका लागि निर्धारत एसईई ५ चैत साँझ स्थगन भएको थियो ।

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित
शिक्षा संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]