२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित

विराटनगर, १६ असार । प्रदेश नम्बर १ मा वैशाख ५ गतेदेखि असार १५ गतेसम्ममा भेटिएका ५ सय ६७ जना संक्रमितमध्ये ३ सय ९२ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
कोराना संक्रमितमध्ये ३ सय ९२ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख सागर प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा उनले प्रदेश नम्बर १ मा ८१ जना महिला र ४ सय ८६ जना पुरुषमा संक्रमण देखिएको जानकारी दिए ।
महाशाखा प्रमुख प्रसाईंले प्रदेश–१ का प्रदेश प्रयोगशाला, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा कोरोनाको परीक्षण भइरहेको बताए । धनकुटा र झापामा थप प्रयोगशाला निर्माणको काम पनि भइरहेको उनले बताए । पत्रकार सम्मेलनमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले स्वाब टेष्ट गर्नुपर्ने कनै पनि व्यक्तिहरूलाई नछुटाएको बताए । मन्त्री घिमिरेले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पहिलाको भन्दा अहिले निकै बढ्दै गइरहेकोप्रति चिन्ता पनि व्यक्त गरे ।

मंगलबार, आषाढ १६, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]