२७ आषाढ २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

नेकपा (एमाले) नामको दल अस्तित्वमा छैन । एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी बनेको हो । त्यसपछि दुवै दलको नाम मेटिएको हो । निर्वाचन आयोगमा नेकपा एमाले नामको दल छैन । मंगलबार अचानक नेकपा एमाले नामको दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन गयो । नेकपा स्थायी कमिटि बैठकमा प्रधानमन्त्रीको राजीनामा देखि चर्को विवाद चलिरहँदा दल दर्ताको निवेदन गएको हो । यसको पुष्टि निर्वाचन आयोगले समेत गरेको छ । आयोगले निवेदनबारे जाँचबुझ भइरहेको जानकारी दिएको छ । दल दर्ताको निवेदन दिनेमध्ये झापाकी सन्ध्या तिवारी पार्टीको अध्यक्ष छिन् । प्रधानमन्त्री ओलीकै गृहजिल्लाकी सन्ध्याले नेकपा एमाले दल दर्ताको निवेदन दिएपछि खैलाबैला भएको छ । त्यसमाथि यो कदम ओलीकै निर्देशनमा चालिएको आरोप उपाध्यक्ष बामदेव गौतमले लगाएका छन् । उनले स्थायी कमिटि बैठकमा एमाले दल दर्ता देखि संकटकाल लगाउने सम्मको तयारीबारे आफूसँग प्रमाण भएको बताएका छन् । एमाल दल दर्ताको विषयमा ओली पक्षले केही भनेको छैन ।

बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]