२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित

विराटनगर, १७ असार । लायन्स क्लव अफ विराटनगर डाइनोले एक कार्यक्रमका बीच वर्ष २०२०÷२१ का पदाधिकारीलाई पद तथा कार्यभार हस्तान्तरण गरेको छ ।
क्लबका निवर्तमान अध्यक्ष राजन भगतले वर्ष २०२०÷२१ का अध्यक्ष विजय भगतलाई पद हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गरेसँगै नवनिर्वाचित अध्यक्ष विजय भगतले निवर्तमान कार्यसमितिप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालमा पनि क्लवलाई उच्च राख्न सामाजिक कार्यमा लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।
लायन्स क्लब विराटनगर डायनोको वर्ष २०२०÷२१ मा अध्यक्षमा भगतसँगै सचिवमा डा. दीक्षान्त पोखरेल र कोषाध्यक्षमा प्रवेश कुण्डलिया चयन भएका छन् । यसैबीच सोही कार्यक्रममा क्लबले मकालु टेलिभिजनका सहसम्पादक सन्तोष सिग्देलसहित दुईजना सञ्चारकर्मीलाई सम्मान गरेको छ । क्लबमार्फत आफूहरूले गरेका सामाजिक कार्य अगाडि बढाउन सहयोग गरेको भन्दै क्लबले सिग्देलसहित न्यू सृष्टि दैनिकका निर्मल ढुंगानालाई सम्मान गरेको हो ।

बुधबार, आषाढ १७, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]