२७ साउन २०७७, मंगलबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित

विराटनगर, २१ असार । रोटरी क्बल विराटनगर मिड टाउनको १९ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
विराटनगरमा एक कार्यक्रम आयोजना गरि पदस्थापन गरिएको हो । रोटरी क्बल विराटनगर मिड टाउनको अध्यक्षमा युवा उद्योगी तथा पर्यटन व्यवसायी पुण्य भट्टराई चयन भएका छन् । भट्टराई सन् २०२०÷२०२१ का लागि रोटरी क्लब विराटनगर मिड टाउनको अध्यक्षको पदभार ग्रहण गरेका हुन् । क्लबमा ५२ सदस्य रहेका छन् । क्लबको भावी अध्यक्षमा जयकमल अग्रवाल रहेका छन् । यस्तै क्लबको उपाध्यक्ष रामकुमार श्रेष्ठ, सचिवमा नविन भट्टराई, कोषाध्यक्षमा गिरीराज बस्नेत र क्लब निर्देशकमा श्रवणकुमार माझी, कुमार खतिवडा, सुजन थापा, घनश्याम काबरा, केशरीचन्द बोथरा, नरेश वंशल छन् । यस्तै सदस्यहरूमा अश्विनी वंशल, निश्चल अधिकारीलगायत चयन भए ।
क्लबका पदाधिकारीहरूलाई रोटरी एजी मधु काबराले सपथग्रहण गराएकी थिइन् । युवा उद्योगी र विभिन्न सामाजिक संघसंस्थाहरूमा समेत आवद्ध रहेका भट्टराईले आफ्नो कार्यकालमा विभिन्न सामाजिक कार्यक्रम गरी रोटरी क्लबलाई समाजमा स्थापित गराउने बताए । विराटनगर–४ एयरपोर्ट मोडदेखि एयरपोर्टसम्म करिब ५ सय मिटर २४ घण्टै उज्यालो बनाउन विशेष खालको बत्ती जडान गर्ने योजना अगाडि सारिएको अध्यक्ष भट्टराईले सुनाए । उनले विराटनगर महानगरपालिकासँगको साझेदारीमा बत्ती जडान गरिने जानकारी दिए । उनले परोपकार घाट र हाटखोलाको श्मशान घाटमा २० टन दाउरासमेत उपलब्ध गराउने योजना रहेको बताए । “उज्यालो सहर बनाउने प्रस्ताव महानगरपालिकामा लगेको थिएँ । त्यो स्वीकार भई काम अगाडि बढेको छ,” पदस्थापन कार्यक्रममा भट्टराईले भने, “विराटनगर महानगरपालिकासँगको साझेदारीमा रोटरी क्बल विराटनगर मिड टाउनले अन्य थप्रै कार्यक्रमहरू गर्नेछ ।”
क्लबले आगामी दिनमा विगतका वर्षहरूमा भन्दा फरक तरिकाको स्वास्थ्य शिविर पनि आयोजना गर्ने अध्यक्ष भट्टराईले बताए । विशेषज्ञ चिकित्सकहरूको टोलीले ग्रामीण बस्तीदेखि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गरिने उनले जानकारी दिए । रोटरी एजी मधु काबराको प्रमुख आतिथ्यतामा भएको पदस्थापन कार्यक्रममा फस्ट लेडी अञ्जुला भट्टराई, वरिष्ठ समाजसेवी बेनीगोपाल मुन्दडा, क्लबका आइपीपी गंगाप्रसाद यादव, पूर्वअध्यक्षहरू घनश्याम राठी, मुकेश उपाध्यक्ष भट्टराई, डा. वीरेन्द्रकुमार विष्ट, रामअवतार अग्रवाल, सुरेशमान श्रेष्ठ, ललित लोहिया, भैरवप्रसाद रिजाल, नन्दकिशोर राठी, जुगल राठी, सन्तोष अग्रवाल र दीपबहादुर खापुङको उपस्थित रहेको थियो ।

आइतबार, आषाढ २१, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]