२६ साउन २०७७, सोमबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, आषाढ २६, २०७७ मा प्रकाशित

विराटनगर, २६ असार । कोरोना संक्रमणको जोखिमका कारण रक्तदान कार्यक्रमहरू नहुँदा रगतको अभाव हुन थालेपछि सामाजिक काम गर्दै आएको लायन्स क्लब अफ विराटनगर पाथिभराले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
विराटनगरस्थित मकालु टेलिभिजनको परिसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ विराटनगर पाथिभराकी अध्यक्ष गंगा खतिवडा शाहले जानकारी दिइन् । यसअघि संस्थाले मानव सेवा आश्रमका आश्रितहरूलाई भोजन खुवाएको जानकारी दिंदै अध्यक्ष शाहले आगामी दिनमा संस्थाले सामाजिक कामहरूलाई प्राथमिता दिंदै अघि बढ्ने बताइन् ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाको प्राविधि सहयोगमा सञ्चालित कार्यक्रममा आयोजक संस्थाका सदस्य, मकालु टेलिभिजन, टिभी नेट प्रालि अर्थ अटो ह्वील्सका कर्मचारी तथा सर्वसाधारणले रक्तदान गरेका थिए । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानको वार्षिक १५ हजार रगत संकलन गर्ने अभियानअन्तर्गत पछिल्लो हप्ता मात्रै १५ सय ८२ पिन्ट तथा पूर्व क्षेत्रमा मात्रै ८ सय ७९ पिन्ट रगत संकलन गरिएको लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका रक्तदान कार्यक्रमका संयोजक मोहन अधिकारी जानकारी दिए । उनले रेडक्रसमा उपलब्ध हुने रगतमध्ये लायन्सका तर्फबाट ३८ प्रतिशत उपलब्ध हुने उल्लेख गरे ।
कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ ए–वानका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेललगायत लायन्सका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

शुक्रबार, आषाढ २६, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]