०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आषाढ ३१, २०७७ मा प्रकाशित

महानायक राजेश हमालले निर्देशक दिपाश्री निरौलालाई माफी दिन दर्शक माझ अनुरोध गरेका छन् । मंगलबार राती एउटा भिडियो सन्देश मार्फत सहकर्मी कलाकारलाई माफी दिन महानायक हमालले आग्रह गरेका हुन् । एक अन्र्तवार्तामा महानायक राजेश हमाल माथि निर्देशक दिपाश्री निरौलाले दिएको अभिव्यक्ति पश्चात् उनको सामाजिक सञ्जालमा आलोचना भैरहेको छ । यद्पी दिपाश्री निरौला, दिपकराज गिरी र छक्का पञ्जा समुहले क्षमा मागि सकेका छन् ।

‘व्यत्तिगत तहबाट कुरा गर्ने हो भने त मलाई झनै छ कि म संलग्न भएको क्षेत्र, कला क्षेत्रमा पनि विवादहरु, आरोप, प्रत्यारोपहरुले गिजोलिरहेको छ र सार्वजनिक स्थलमा सिनेकर्मीहरुले दिनु भएको विभिन्न मन्तव्य, कुराहरुलाई लिएर दर्शकहरुले आफ्नो प्रतिक्रियाहरु, आफ्नो कमेन्टहरु भनाईहरु पनि राख्दै आइरहनु भएको छ । कला क्षेत्र, सिने क्षेत्रसँग म संलग्न छु । त्यस्मा दर्शकहरुले दिनु भएको सल्लाह, सुझाव, र भनाइले अहम भूमिका निर्वाह गर्दछ । दर्शकहरु र हामी कलाकार बिच एउटा सम्बन्ध छ । दर्शकहरुले बेला बखतमा दिने सल्लाह सुझाव, अरुले हामीलाई आफ्नो कला र परिस्कृत र परिमार्जित हिसाबले प्रस्तुत गर्नको लागि प्रेरणा पनि दिन्छ । र दर्शकहरुले पनि बेला खबतमा हामी कलाकारले सम्प्रेषण गर्ने आफ्नो विचारहरु, आफ्नो भनाईहरुलाई आत्मसाथ गर्नु हुन्छ । त्यो बारे दर्शक र कलाकारबिच एक हिसाबले नङ र मासुको सम्बन्ध छ । हालै यहाँहरु सबैलाई थाहा नै होला कि मेरो सहकर्मी, म जस्तै कलाकारले एउटा सार्वजनिक मञ्चमा मलाई लक्षित गरेर र उहाँका केही भनाईहरु र केही कुराहरु राख्नु भयो । र, त्यो भनाई र कुराहरुलाई सुनिसकेपछि दर्शकहरुले र जन समुदायहरुले असन्तुष्टि मात्र व्यक्त गर्नु भएन एक किसिमले आक्रोश पनि पोख्नु भयो र पोखि पनि राख्नु भएको छ । र यो सिलसिला मेरो विचारमा दुई तीन हप्ता भैसक्यो चलिरहेको छ । यो तहबाट झट्ट हेर्दा आफुलाई चित्त नबुझेको आफ्नो भावनालाई ठेस पुर्याउने कुरा कुनै व्यक्तिले गर्छ । कुनै भनाईहरु जस्ता सार्वजनिक स्थलमा राख्छ भने झट्ट आक्रोशित भएर र त्यही मनस्थितिबाट निर्देशित भएर एकदम कडा से कडा, कठोर, एक हिसाबले ठाडो प्रतिक्रियाहरु दिनु या राख्नु तर फेरी हामीले अर्को तहबाट हेर्यौं भने अलिकति फराकिलो भएर, अलिकति बृहत क्षेत्रलाई मनन गरेर हामीले हेर्यौं भने के एउटा व्यक्तिले पेशागत हिसाबले होस या आफ्नो कुनै विशेष ईन्ट्रेष्टले लक्षित भएर किन नहोस् कुनै अभिव्यक्ती सार्वजनिक स्थलमा राख्नु हुन्छ भने एक्कासी झट्ट यस्ता किसिमको प्रतिक्रियाहरु दिने जसले गर्दा खेरी त्यो व्यक्तीको मानवतामा आँच आओस् । उस्को मानवतामा अघात पुगोस् । उस्को मानवतामा चोट लागोस् । त्यस्तो कार्य गर्नु सही होला र ? मलाई व्यक्तिगत हिसाबबाट सोध्नु हुन्छ भने ममा त्यो सहिष्णुता छ । यस्ता किसिमको भनाईहरुलाई, यस्ता किसिमका अभिव्यक्तीहरुलाई नजर अन्दाज गरेर आफ्नो कार्यमा अगाडी बढिरहने त्यो सहिष्णुता ममा छ । र, सहिष्णुता यहाँहरुले नै दर्शकहरुले नै समुदायहरुले नै दिनु भएको उर्जा बाटै प्राप्त भएको हो । त्यसैले त्यस्मा यहाँहरुको अति धेरै ठुलो भूमिका छ । त्यसैमा आफ्नो दर्शकहरुलाई, आफ्नो जन समुदायहरुलाई हृदयदेखि अनुरोध गर्न चाहान्छु कि अलि फराकिलो भएर, अलि बृहत चित्रलाई मनन गरेर अत्यन्त सकारात्मक हिसाबबाट मानवताको लागि र कसैको मानवतामा आँच नपुग्ने गरी आफ्नो अभिव्यक्तीहरु प्रकटहरु । रह्यो कला क्षेत्रमा जहाँ हामी कलाकारहरु संलग्न छौं । यो कला क्षेत्र मेरो या अन्य कलाकारहरुको मात्रहरुको पनि होइन । यो राष्ट्रको कला क्षेत्र तपाईंहरुको पनि हो । भलै मैदानमा हामी उत्रन्छौं । मैदानमा हामी मिहेनत गर्छौं । तर त्यस्को पछाडी उर्जा त हामीलाई तपाईंहरुबाटै प्राप्त हुन्छ । त्यसकारण तपाईंहरुको भूमिका सदैव हाम्रो सृजनामा, हाम्रो कलामा, अत्यन्तै ठुलो भूमिका खेलेको हुन्छ । त्यसैले पनि म यहाँहरुलाई यो अनुरोध गर्न चाहान्छु कि यो राष्ट्रको सिने क्षेत्रको लागि यही कला क्षेत्रको लागि, मानवताको लागि तपाईहरुले अत्यन्त नै सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनु होला । र कलाकारलाई आफ्नो सृजना पस्किने प्रेरित गरि रहनु होला । यहाँहरुबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा राख्दछु । कलाकारहरुलाई यहाँहरुलाई अगाडी बढ्नको लागि एउटा सहज वातावरण सृजना प्रदान गर्दिनु हुनेछ भन्ने आशामा पनि छु । यहाँहरु सबैलाई हृदयदेखि धन्यवाद छ । हामी कलाकारहरुलाई आउँदा दिनहरुमा कृपया प्रेरित गरिदिनु हुनेछ । धन्यवाद !’

राजेश हमालले भिडियो सन्देशमा भनेका छन् ।

बुधबार, आषाढ ३१, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]