०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, साउन ०५, २०७७ मा प्रकाशित

विराटनगर, ५ साउन । संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुको भेलाले ‘संस्थागत विद्यालय शिक्षक युनियन (ईस्टु)’ को विराटनगर महानगर समिति गठन गरेको छ ।
विराटनगरमा भएको भेलाले रमेश पाण्डेको अध्यक्षतामा १३ सदस्यीय महानगर समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा मण्जु मण्डल, सचिवमा समुद्र पराजुली, सहसचिवमा जफार अली र कोषाध्यक्षमा अम्विका श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै कुमोद गुप्ता, कमलसेन गुप्ता, बीरबहादुर कार्की, लेनिन खवास, गुणसागर पण्डित, विक्रम राजवंशी, बृजेशकुमार यादव र सुमन श्रेष्ठ सदस्यमा निर्विरोध निर्वाचित हुनुभयो । भेलामा इस्टुका केन्द्रीय उपाध्यक्ष रोहणीरमण दवाडी, मोरङ अध्यक्ष मनोज खनाललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सोमबार, साउन ०५, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]