०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, साउन ११, २०७७ मा प्रकाशित

विराटनगरस्थित एक नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत एक महिला जवानसहित १९ जना प्रहरीमा कोरोना पुष्टि भएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वरबाबु कार्कीले १४६ जना प्रहरीको स्वाब परीक्षण गर्दा १९ जनामा संक्रमण देखिएको बताए। गत विहीवार १ सय ४६ जना प्रहरीको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएको थियो। यसअघि प्रदेश कार्यालयका ५ जना प्रहरीमा कोरोना देखिएको थियो। डिआइजी कार्कीका अनुसार अन्य प्रहरी कर्मचारीमा संक्रमण फैलिने जोखिम बढेपछि कार्यालय सिल गरिएको छ। यता प्रहरी प्रधान कार्यालय नक्सालमा आजमात्रै ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरुसँग सम्पर्कमा आएका अन्य प्रहरीको परीक्षण गरिएको छ। बाँकी प्रहरीको रिपोर्ट भने आइसकेको छैन।

आइतबार, साउन ११, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]