०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित

भोजपुर, २३ साउन ।  भोजपुर आउने शिक्षक र कर्मचारीले अनिवार्य पीसीआर गर्नुपर्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले पिसिआर गरेको रिपोर्ट अनिवार्य हुनु पर्ने निर्णय गरेको हो । स्थानीय तहहरुले शिक्षक तथा अन्य कर्मचारीहरुलाई कार्यालयमा अनिवार्य हाजिर हुन भनेपछि जिल्ला बाहिरका शिक्षकहरु भित्रिने क्रम बढेपछि यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ । क्वारेन्टिनमा बस्दा लागेको खर्च र पिसिआर गर्दा लागेको खर्च स्वयम व्यक्तिले नै व्यहोर्नु पर्ने प्रमुख जिल्ला जिल्ला अधिकारी वसन्तराज पुरीले बताए ।
जिल्लामा पास नलिई भित्रिनेको संख्या बढदै गएको र पछिल्लो समय कोरोना संक्रमितको संख्यामा समेत वृद्धि हुँदै गएकाले संकट ब्यवस्थापन केन्द्रको बैठकले बिभिन्न निर्णयहरुसमेत गरेको प्रमुख जिल्ला अधिकारी पुरीको भनाई रहेको छ । अत्यवाश्यक कामबाहेक अन्य जिल्ला जानु वा आउनु परेमा अनिवार्य पास लिनुपर्ने भएको छ ।
बिना पास सवारी साधन वा व्यक्ति जिल्ला प्रवेश गर्न खोजेमा जुन स्थानबाट आएको छ त्यही फर्काइने निर्णयसमेत बैठकले गरेको छ । सदरमुकामबाट ट्याक्सी रिर्जभ गरेर जिल्ला वाहिरा जादाँको भाडादर समेत निर्धारण गरिएको छ । जसअनुसार भोजपुरदेखि धरान र इटहरीको भाडा १४ हजार र विराटनगरसम्मको भाडा १५ हजार कायम गरिएको छ ।

शुक्रबार, साउन २३, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]