०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित

विराटनगर, ८ भदौ । निजी क्षेत्रले खरिद गरी उपलब्ध गराएको पीसीआर मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्त्रण गरेको छ ।
सोमबार महानगरपालिकामा प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेको रोहबरमा विराटनगर महानगरपालिकालाई सहयोगीहरुले हस्तान्तरण गरेको मेसिन महानगरले अस्पताललाई हस्तान्तरण गरेको हो । महानगरका मेयर भीम पराजुलीकै पहलमा दाताहरुको सहयोगमा पिसिआर मेसिन खरिद गरिएको हो । विराटनगरमा समुदायस्तरमा कोरोनाको संक्रमण देखिएको अवस्थामा प्रदेशको पीसीआर ल्याबले महानगरका नागरिकको पर्याप्त रुपमा स्वाब परीक्षण नगरेको गुनासो आइरहेको बेला सहयोग जुटाएर पीसीआर मेसिन खरिद गरिएको हो । थप मेसिन कोशी अस्पतालको प्रयोगशालामा स्थापना भएपछि संक्रमितको पहिचान र उपचारका लागि सहज हुने महानगर मेयर पराजुलीले बताए ।
नयाँ मेसिन जडानपछि विराटनगरमा दैनिक ९ सय जनासम्मको पीसीआर जाँच गर्न सकिने उनको भनाइ छ । दाताहरुकै सहयोगमा आरएन ए एक्ट्राक्सन मेसिन पनि खरिदको तयारी भएको उनले जानकारी दिए । कोशी अस्पतालमा मेसिन सञ्चालन र प्रयोगशाला व्यवस्थापनका लागि महानगरपालिकाले २५ लाख रुपैयाँ प्रदान गरिसकेको छ । मेसिन स्थापना भएपछि महानगर मात्र नभएर प्रदेश–१ कै नागरिकलाई फाइदा पुग्ने सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो । कोरोना महामारी नियन्त्रणमा प्रदेश सरकारले तीन तहसँग समन्वय गरेर काम गरिरहेको घिमिरेको भनाइ छ । निजी क्षेत्रबाट मेसिन खरिद र सञ्चालनको ६० लाख रुपैयाँ सहयोगको प्रतिबद्धता आएको मेयर पराजुलीको भनाइ छ ।

सोमबार, भाद्र ०८, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]