०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित

विराटनगर  / कोराना भाइरसको संक्रमण फैलिन नदिनका लागि विराटनगर महानगर क्षेत्रमा लगाइएको निषेधाज्ञाका कारण सडक, बजार सुनसान देखिएका छन् ।
अत्यावस्यक सेवाका सवारी साधन बाहेकका साधनहरूको आवागमन सडकमा देखिएको छैन् । यद्यपि भित्री सडक गल्लीहरूमा भने मानिसहरूको आवतजावत बाक्लो देखिन्छ । खासगरी हाटखोला चौक, केशलिया रोडलगायतमा मानिसहरूको चहलपहल छ । केशलिया रोडका किराना पसलसँगै हार्डवेयर, सुनचाँदी, मासु पसल, मोबाइल पसललगायत अधिकांश पसल खुल्लै छन् । सो क्षेत्रमा मानिसहरूको उपस्थिती उल्लेख्य छ । विराटनगरका मुख्यमुख्य चोकमा सुरक्षाकर्मी बसेर चेकजाँचलाई कडाई पारेका छन् ।
सडकमा एम्बुलेन्स, स्वास्थ्यकर्मी, खाद्यन्न ढुवानी, सञ्चार, खानेपानी लगायत अत्यावस्यक सेवाका सवारी साधनहरू सञ्चालनमा आएको देखिन्छ । यता दैनिक ज्याला मजदुरीका लागि आएका व्यक्तिहरूले निषेधाज्ञाका कारण गुजारा चलाउनै समस्या भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले भोकभोकै बस्नुपर्ने अवस्था आएकाले खानाको प्रबन्ध मिलाइ दिन आग्रह गरेका छन् ।

मंगलबार, भाद्र ०९, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]