०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित

विराटनगर / कोरोनाको हटस्पट बन्दै गएको विराटनगरसहित मोरङ जिल्लाभर एक हप्ता निषेधाज्ञा थप्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरलगायत मोरङ जिल्लाभरि केही खुल्ला गर्दै निषेधाज्ञा एक साता थप गरेको हो । बैठकले गएको भदौ ५ गतेदेखि जारी गरिएको निषेधाज्ञालाई केही खुकुलो बनाएर एक साता थप्ने निर्णय गरेको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जानकारी दिए । निषेधाज्ञामा बजारलाई १२ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । त्यसपछि सबै बजार र पसल बन्द हुनेछ । बिहानको अबधिमा पनि गुद्रीसहितका तरकारी बजार, होटल, सैलुन, ब्युटिपार्लरजस्ता व्यवसाय भने सञ्चालन गर्न पाइने छैन ।
बजार खुल्ला गरिए पनि सवारी साधन सञ्चालन गर्न भने पाइने छैन । मोटरसाइकल र साइकललाई पनि चल्न नदिनेगरी विषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । समुदायमा फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमण नियन्त्रण तथा रोकथाम गर्न लगाइएको ५ दिने निषेधाज्ञाले संक्रमण दर कम भएको निश्कर्ष बैठकले निकालेको प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञा अगाडि विराटनगरमा दैनिक संक्रमणदर ८० हाराहारीमा रहेकोमा अहिले ४० हाराहारी रहेको छ । यसअघि विराटनगरसहित आसपासका ४ स्थानीय तहमा मात्र निषेधाज्ञा लागू गरेको प्रशासनले अबको साता भने जिल्लाभर त्यसलाई लागू गर्नेछ ।

बुधबार, भाद्र १०, २०७७ मा प्रकाशित
मुख्य समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]