०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित

विराटनगर, १७ भदौ । राउण्ड टेबल नेपालले मोरङको टंकिसिनवरीस्थित एक विद्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड–१९ को महामारीको जोखिमबाट जोगिन राउण्ड टेबलले बुधबार एक कार्यक्रमको आयोजना गरी मोरङको बूढीगंगा गाउँपालिका वडा नम्बर २ स्थित लोटस सार्वजनिक विद्यालयलाई फेस मास्क, सेनिटाइजर हस्तान्तरण गरेको हो । राउण्ड टेवलले कार्यक्रममा २ हजार थान फेस मास्क, एक सय एमएलको ४ सय बोतल सेनिटाइजर विद्यालय व्यवस्थापन समितिलाई प्रदान गरेको छ । हस्तान्तरण गरिएको स्वास्थ्य सामग्रीहरू विद्यालयमार्फत ४ सयभन्दा बढी घरपरिवारका विद्यार्थी, अभिभावकले पाउने राउण्ड टेबल नेपालले जनाएको छ । कार्यक्रममा विद्यालय सञ्चालक समितिका अनुप देव जस्तोसुकै समस्या पर्दा पनि राउण्ड टेवल नेपाललाई आफूहरूले सम्झिने गरेको बताए । उनले राउण्ड टेवललाई समस्या राख्दा तत्कालै सहयोग प्राप्त हुने गरेको उल्लेख गरे । “विद्यालयलाई केही समस्या प¥यो भने राउण्ड टेवल नेपाललाई भनेपछि तुरुन्तै समस्या समाधान हुन्छ,” देवले भने ।
विद्यालयलाई विगतदेखि नै राउण्ड टेवलले सहयोग गर्दै आएको भन्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताए । त्यस्तै राउण्ड टेवल नेपालका एरिया टु को–अर्डिनेटर सन्नी अग्रवालले कोरोना महामारीले निम्त्याएको संकटको सामना सबै मिलेर गर्नुपर्नेमा जोड दिए । अग्रवालले सबैको सहकार्य र एकताले मात्रै कोरोनाविरुद्धको लडाइँ जित्न सकिने बताए । अग्रवालले भने, “सबै एकजुट भएर लागेमा मात्रै कोरोनालाई परास्त गर्न सकिन्छ । समस्यामा परेकालाई सहयोग गर्नु हाम्रो दायित्व पनि हो ।” उनले अहिलेको संकटको बेला आफूले सकेको सहयोग गर्न अन्य संघसंस्थालाई समेत आग्रह गरे । कार्यक्रममा टेबलरहरू विकास गोयल, हरिवंश राठी, सौरभ गोल्छा, दिवस सुवेदी, पवन पारख, महेश शर्मा, अजय राठीलगायतको उपस्थिति रहेको थियो । राउण्ड टेवल नेपालले विगतमा पनि २ सयभन्दा बढी विद्यार्थीलाई विद्यालय पोशाक, शैक्षिक सामग्री प्रदान गरेको थियो । राउण्ड टेवलले मुलुकका अन्य क्षेत्रमा समेत सामाजिक कार्य गर्दै आएको छ ।

बुधबार, भाद्र १७, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]