०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

रमेशचन्द्र अधिकारी

शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित

म बाँचेकी भए जीवन
कति गिजोलिएर बाँच्नुपथ्र्याे होला
आँखाहरूबाट ।

कोपिलामै लुछिनुको नियति
फूलबाहेक मैले पनि भोग्नुपरे पछि,
समाचारमा सुनिएको विषयमा
आफै समाचार बन्नुपरे पछि
भक्कानो मेरो कुन चाहिं आँखा हुँदै
बढी बग्थ्यो होला ?
म थाहा पाउँथे र पाउन्नथे !
तर उफ !
कोपिला उदिनेर नङ्गले
वास्ना लिनेहरूको छाँया
कति भयंकर !!

म बाँचेकी भए जीवन
मान्छेका कति थरी सोचहरूले
लखेटिने थिए होला,
कति विचारहरू अघिल्तिर मैले
संकोच मान्नुपथ्र्याे होला,
अनि शिकार हुनुपथ्र्याे होला
कति मानसिकताहरूको
जो अनुहारलाई पिठ्युँ बोकेर
हिंडिरहेका होलान् यत्रतत्र ।

म बाँचेकी भए
मेरा रहरहरूका उडानहरूले
गन्तव्य भेट्थ्यो र भेट्दैनथ्यो ?
स्वतन्त्रता हुन्थ्यो र हुन्थेन जीवनमा ?
जान्नु थियो मलाई
बस् यत्तिमात्रै हो रहर
म बाँचेकी भए जीवन ।

शनिबार, भाद्र २०, २०७७ मा प्रकाशित
साहित्य संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]