०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित

विराटनगर / निजी क्षेत्रका उद्योगी, व्यवसायी तथा विभिन्न सस्था तथा व्यक्तिहरू मिलेर खरिद गरिएको आरएनए एक्स्ट्राक्सन मेसिन विराटनगर महानगरपालिकाले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ ।
शुक्रबार एक अनौपचारिक कार्यक्रमका बीच निजी क्षेत्रले विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरेको मेसिन सोही दिन महानगरले कोशी अस्पताललाई हस्तान्तरण गरेको छ । महानगरले ती दुवै मेसिन कोशी अस्पताललाई हस्तान्तरण गरिसकेको छ । मेसिन सञ्चालनका लागि विराटनगर महानगरका मेयर भीम पराजुली र कोशी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेश भट्टराईबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भइसकेको छ । कोशी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. चुमनलाल दासले मेसिन सञ्चालन भए सँगै द्रुतगतिमा सेवा दिन सकिने बताएका छन् ।
समुदायस्तरमा फैलिरहेको कोभिड–१९ को संक्रमण अवस्थालाई मध्यनजर गरी यसअघि निजी क्षेत्र र नागरिक समाजका तर्फबाट मूल्य अभिवृद्धि करसहित ३१ लाख ६४ हजारको १ थान पीसीआर मेसिन महानगरपालिकामार्फत कोशी अस्पताललाई सहयोगस्वरुप उपलब्ध गराइसकेको थियो ।
यस्तै मूल्य अभिवृद्धि करसहित ३२ लाख बराबरको १ थान आरएनए. एक्स्ट्राक्सन मेसिनसमेत शुक्रबार कोशी अस्पताललाई हस्तान्तरण गरिएको हो । अमेरिकन ब्राण्डको हाईमिडिया कम्पनीको आरएनए एक्स्ट्राक्सन मेसिन सञ्चालनमा आएपछि २४ घण्टामा पन्ध्र सयसम्म परीक्षण गर्न मिल्ने बताइएको छ ।
मेसिन हस्तान्तरण कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुली, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, उद्योगी शुरेन्द्र गोल्छा, विराटनगर महानगरका प्रमुख प्रशासकीय अधिकृत इन्द्रमणि पोखरेल, नेपाली कांग्रेस विराटनगरका कार्यबाहक अध्यक्ष अरुण न्यौपाने, अस्पताल व्यवस्थापन समितिका सदस्य मुकेश बुढाथोकीलगायतको उपस्थिति रहेको थियो ।
विराटनगर महानगरका मेयर भीम पराजुली, उद्योग संगठनका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र नागरिक समाजका तर्फबाट अरुण न्यौपानेले हस्ताक्षर गरी निकालिएको संयुक्त प्रेस विज्ञप्तिमा मेसिन खरिद गर्न सहयोग पु¥याउनु हुने सबै मनकारी दानवीर दाताहरूलाई हार्दिक आभार व्यक्त गरिएको छ । विज्ञप्तिमा मानवीय सेवामा पु¥याउनु भएको सहयोगको उच्च मूल्यांकन हुनेसमेत बताएको छ ।

शनिबार, भाद्र २७, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]