०८ आश्विन २०७७, बिहिबार
ताजा अपडेट Close

छविलाल भण्डारी

मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित

के जन्मियो ? छोरी ।
म जन्मिएकै दिन बा’को मलिन अनुहारले
मेरो अस्तित्वमाथि ‘अबला’ शब्दको विजारोपण गर्यो ।

पुरुषत्वको आडमा तिमीले दिएको दर्जामा बस्दा
सधैं पोलिरहन्छ मलाला र हेलेन केलरको
साहसले,
तिमी त सिन्दुरको आडमा जिउँदै जलाउँछौ
म प्रत्येक रात आफन्तसँग नै अस्तित्व जोगाउँदै
आफ्नै अस्तित्व खोज्दैछु ।

तिमीले चढेको सगरमाथा मैले पनि चढेकी छु
तिमीसँगै लडेकी छु समयको युद्ध
मैले पनि थामेकी छु समाजको एक पाङ्ग्रो,
तर,
तिमी जन्मिएको छाउगोठमा अझै घाम छिरेनन्
त्यही अछुत रगत सँगै म अस्तित्व खोज्दैछु ।

आँसु पिएर मैले भरेको साहसले तिमी संसार नियाल्दैछौ ।
तर,
म भने आजपनी लिङ्ग पहिचानपश्चात
भ्रुणहत्या गर्ने सँगै खोज्दैछु ,
मानवताको अस्तित्व ।
–खोटाङ

मंगलबार, भाद्र ३०, २०७७ मा प्रकाशित
साहित्य संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]