०९ कार्तिक २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित
विराटनगर / स्थापनाकालदेखि सामाजिक काम गर्दै आएको राउण्ड टेबल नेपालले कोरोनाको महामारीको अवस्थामा समेत आफ्नो सामाजिक उत्तरदायित्वको कामलाई निरन्तरता दिंदै आएको छ ।
राउण्ड टेबलले संविधान दिवसको अवसर पारेर विराटनगरमा साइकल र्याली तथा ट्रेजर हन्ट कार्यक्रमअन्तर्गत चौपायालाई दाना तथा सर्वसाधारणलाई मास्क वितरण गरेको  छ । विराटनगर महानगरका विभिन्न भागको साइकल यात्रा गरी राउण्ड टेबलका सदस्यहरुले सडकमा छाडा छाडिएका चौपायाहरुलाई दाना  खुवाएको विराटनगर प्राइम  राउण्ड टेबल १० का कार्यक्रम संयोजक श्याम राठीले जानकारी दिए ।
सो अवसरमा राउण्ड टेबलका सदस्यहरुले  सडकमा  भेटिएका सर्वसाधारणलाई मास्कसमेत वितरण गरेको कार्यक्रमका अर्का संयोजक अविजित सिंहले बताए । उनले विना मास्क सडकमा हिंडिरहेका सर्वसाधारणलाई कोरोनाका विषयमा सचेतनासमेत गराइएको उल्लेख गरे ।

 

शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]