०९ कार्तिक २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित

विराटनगर । विराटनगरका दुईजना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश–१ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्यूज २४ टेलिभिजनकी पत्रकार तारा आचार्यलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो । पुरस्कारकोरको राशि जनही रु. १५ हजार रहेको छ । विगतमा युनियनको स्थापना दिवसको सन्दर्भ पारेर गरिंदै आएकोमा यो पटक भर्चुअल रुपमा नै कार्यक्रम गरी पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस)मार्फत पुरस्कृत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले विगत ५ वर्षदेखि वितरण हुँदै आएको यस पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । अर्यालले भने,“आचार्य नेपाली राजनीतिको मूर्धन्य नेता हुनुहुन्थ्यो । उहाँको कर्तव्यपथले अहिले पनि नेपाली राजनीतिक क्षेत्रमा प्रेरणा दिई रहेको छ ।”
पुरस्कृत पत्रकार घिमिरेले विषम परिस्थितिमा प्रविधिमार्फत कार्यक्रम गरी पुरस्कृत हुँदा नयाँ उत्साह जागृत भएको बताए । प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम राखिएको र यो विल्कुलै नयाँ प्रयास भएको बताए । उनले भने, “कोभिडका कारण आम पत्रकारको समस्या बढ्दो अवस्थामा छ । धेरै समस्या राज्यबाट सम्बोधन हुने किसिमका भएपनि हुन सकेको छैन ।” उलने परिस्थिति काबुमा आउनासाथ युनियनको केन्द्रीय महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्न आफू आतुर रहेको सुनाए ।
शैलजा आचार्यको आदर्श र निष्ठाको विषयमा पत्रकार अनन्तराज न्यौपानेले प्रकाश पारेका थिए । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले राजीनितक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको बताए । भने,“उहाँ भ्रष्टाचारका विरुद्धमा अडान लिने र साहसी नेता हुनुहुन्थ्यो ।” त्यस अवसरमा युनियनका पूर्वाञ्चल संयोजक लिलावल्लव घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष विक्रम लुइँटेल, मोरङ जिल्ला अध्यक्ष बन्धु पोखरेल,नेपाली कांग्रेसमा मोरङ सचिव मोदराज घिमिरे, नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले मन्तब्य राखेका थिए । शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि, विराटनगरका पत्रकार शेखर रेग्मी, शंकर खरेल, शंकर लुइँटेल, सुशीला पाठक, रंञ्जीता पोखरेल, नरेन्द्र बस्नेत, मदनबाबु प्रसाईंलगायत पुरस्कृत भइसकेका छन् ।

शनिबार, आश्विन ०३, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]