०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

विराटनगर / विराटनगरस्थित विराटेश्वर वृद्धाश्रमलाई नेपाल वैश्य युवा संघ मोरङले खाद्यन्न सहयोग गरेको छ ।
वृद्धाश्रममा नै एक कार्यक्रम गरी नेपाल वैश्य युवा संघ मोरङ र महिला शान्ति, अनुसन्धान तथा विकास केन्द्र (वपरडेक)ले ३ बोरा चामल, १ बोरा दाल, १ कार्टुन खानेतेल, ५ प्याकेट नुन, २ कार्टुन चाउचाउ, ५ किलो चिउरा, १ बोरा आलू, १ बोरा प्याज, २ बोरा भुजा, ३ कार्टुन फ्रुटी, ५ दर्जन विस्कुट, ५ प्याकेट हर्लीक्स, ५ डब्बा गुलकोज र हरियो सब्जी, सर्फ एक बोरा र मसाला लगायतका खाद्य सामग्री वितरण गरेको हो ।
संघले १ सय ५० थान मास्क र केही स्वास्थ्य सामग्री पनि वितरण गरेको छ । सो समूहले वृद्धाआश्रमका सञ्चालक जगत अज्र्याललाई उक्त सामग्री हस्तान्तरण गरेको हो । वृद्धाश्रममा खानाको अभाव नहोस् भन्ने उद्देश्यले खाद्यान्न साम्रगी उपलब्ध गराएको नेपाल वैश्य युवा संघ मोरङका अध्यक्ष गणेशकुमार साहले जानकारी दिए । “वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूले भोकै बस्नु नपरोस् भनेर संघको अग्रसरतामा खाद्य सामग्री हस्तान्तरण गरेका हौं,” अध्यक्ष साहले भने ।
उक्त खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष दीपेन्द्र स्वर्णकार, कोषाध्यक्ष डा. शिवशंकर साहलगायतको उपस्थिति थियो । गणेशकुमार साह, डा. शिवशंकर साह, डा. बालकृष्ण साह, दीपेन्द्र स्वर्णकार, अमृतकुमार साह, सन्तोष साह, रामकुमार चौधरी, सियाराम रौनियार, सन्तोष साह हलुवाई, अशेश्वर साह, विकास लालवानी, प्रेमनाथ गुप्ता, शिवनारायण गुप्ता, पवन साह, पवनकुमार साह, मनोजकुमार हलुवाइ, प्रदीपकुमार दास तथा महिला उत्थान अनुसन्धान विकास केन्द्र (वपरडेक)की अध्यक्ष सन्जुकुमारी साहलगायतले खाद्य सामग्री सहयोग गरेका हुन् । वैश्य युवा संघले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएको छ ।

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]