०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

विराटनगर / नेपाली भाषा साहित्यको विकासमा सक्रिय विराट साहित्य संगमले तीनजना साहित्यकारलाई सम्मान तथा पुरस्कृत गर्ने भएको छ ।
संगमको कार्यसमिति बैठकले तीनजना साहित्यकारलाई सम्मान गर्ने निर्णय गरेको हो । सम्मानित हुनेहरुमा साहित्यकार खेमराज खनाल, भगवती पाण्डे र सरला चापागाईं रहेका छन् ।
खनाललाई विराट साहित्य संगम सम्मान पुरस्कार, पाण्डेलाई यमुनादेवी–वैजनाथ भट्टराईस्मृति विसस पुरस्कार र चापागाईंलाई राधादेवी स्मृति विसास पुरस्कार प्रदान गर्ने निर्णय गरेको विराज साहित्य संगमका सचिव गोपाल निर्भीकले बताए ।
यमुनादेवी र राधादेवी पुरस्कारको राशि ११ हजार रुपैयाँ रहेको छ । खनाल र पाण्डेलाई यही असोज २४ गते मासिक साहित्य गोष्ठीमा सम्मान गरिने भएको छ भने चापागाईंलाई कात्तिक २ गतेसम्मान गर्ने निर्णय भएको निर्भीकले जानकारी दिए ।

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]