०९ कार्तिक २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगरले वडा नम्बर १७ र वडा नम्बर ५ का ६७ जना संक्रमित र उनका परिवारसँग भेटघाट गरेको छ ।
नेकपा विराटनगरका इन्चार्ज तथा पूर्वमन्त्री शिवकुमार मण्डल र अध्यक्ष सागर थापाको नेतृत्वको टोलीले संक्रमितको घरमै पुगेर अवस्थाको जानकारी लिएको हो । अध्यक्ष थापाका अनुसार विराटनगर ५ मा ३५ घर संक्रमित परिवार र वडा नम्बर १७ का ३२ संक्रमित परिवारसँग भेटघाट गरेको हो । भेटका क्रममा केन्द्रीय सदस्यसमेत रहेका मण्डल र अध्यक्ष थापाले आयुर्वेदिक औषधि तथा अन्य पौष्टिक आहार, जडिबुटी समिश्रित अमृत चिया, च्यावनप्रास, गेडागुडी हस्तान्तरण गरेका थिए ।
नेकपा विराटनगर कमिटीले यसबीचमा महानगरपालिकाका करिब ११ सय संक्रमित परिवारसँग भेटघाट र सहयोग गरेको छ । अभियानबाट समाजमा कोरोना संक्रमितलाई हेला होइन माया गर्नुपर्छ भन्ने भावना पैदा भएको अध्यक्ष थापाले बताए ।

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]