०९ कार्तिक २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

विराटनगर । पूर्वाञ्चल मोरङ बाल सुधारगृहमा रहेकाहरूलाई एडभोकेसी फोरम नेपाल प्रदेश–१ कार्यालयले कोभिड १९ नियन्त्रण संग सम्बन्धित अत्यावश्यक सामाग्री प्रदान गरेको छ । बाल सुधारगृहमा बस्दै आएका १ सय ५७ जना बालकहरूलाई सेनेटाइजर, मास्क, साबुन, ब्याग, तौलिया, खानेपानीको बोतल प्रदान गरिएको छ ।
यससँगै सुधारगृहका लागि वाटर डिस्पेन्सर, पानीटंकी र पानीटंकी अड्याउन सकिने स्टेन्ड समेत प्रदान गरिएको छ । आइतबार आयोजित कार्यक्रममा एडभोकेसी फोरम नेपाल प्रदेश–१ संयोजक रुक्मिणा दाहाल भट्टराईले वडा नंं ३ का वडाध्यक्ष विनोद बस्नेतमार्फत ती सामग्री हस्तान्तरण गरेकी थिइन् । कार्यक्रममा बोल्दै संयोजक दाहालले सामाजिक उत्तरदायित्वबोध गर्दै सुधारगृहमा सहयोग गरेको बताइन् । यस्तै वडाध्यक्ष विनोद बस्नेतले बाल सुधारगृहको व्यवथापनसहितका विभिन्न सहयोगका कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । ठूलो जनशक्ति सुधारगृहमा रहे पनि उनीहरूलाई राज्यले उचित व्यवस्थापन र सहयोग गर्न नसकेकोमा दुखेसो व्यक्त गरे । कार्यक्रममा विराटनगर महानगरपालिकाका सामाजिक विकास महाशाखा प्रमुख सरोज गौतम, जनस्वास्थ्य अधिकृत दीपक भट्टराई, सुधारगृहका प्रमुख मिलन चौहानलगायतको सहभागिता रहेको थियो ।

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]