०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित

विराटनगर । नेपाल वैश्य युवा संघ मोरङले विराटनगर–७ स्थित आमाको माया छात्रावास आश्रम तथा जनजाति कल्याण आश्रमलाई खाद्य सामग्री हस्तान्तरण गरेको छ ।
संघका अध्यक्ष गणेशकुमार साहको अग्रसरतामा छात्रावासका अध्यक्ष मदन साहलाई विभिन्न खाद्य सामग्री हस्तान्तरण गरिएको हो । वैश्य समुदायका व्यक्तिहरूबाट संकलित चामल, दाल, खाने तेल, नुन, चाउचाउ, चउरा, आलु, प्याजलगायतका खाद्य सामग्री हस्तान्तरण गरिएको वैश्य युवा संघ मोरङका अध्यक्ष साहले जानकारी दिए । कार्यक्रममा १ सय ५० थान मास्कसहित अन्य स्वास्थ्य सामग्री पनि प्रदान गरिएको थियो ।
खाद्य सामग्री हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष दिपेन्द्र स्वर्णकार, सचिव प्रेमनाथ गुप्ता, सहसचिव अशेश्वर साह, कोषाध्यक्ष डा. शिवशंकर साह, कानुन सल्लाहकार सन्जुकुमारी साह, सल्लाहकार सियाराम रौनियार, शिवनारायण गुप्ता, सन्तोष साह, सक्रिय रामकुमार चौधरी साह, सञ्जय सोनी, भोला सोनी, प्रदिकुमार दास, इन्दु रायलगायत समाजका अगुवाहरू तथा सल्लाहकार नेपाली कांग्रेसका युवा नेता राजेश गुप्तालगायतको सहभागिता रहेको थियो ।

 

आइतबार, आश्विन ०४, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]