०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

विराटनगर / लायन्स क्लब अफ विराटनगर पाथिभराले विश्वशान्ति दिवसको अवसरमा दीप प्रज्वलन गरेको छ ।
कोभिड–१९ बाट विश्वभर ज्यान गुमाउनेहरूको आत्माको चिरशान्तिको कामना गर्दै कोरोना महामारीको चपेटाको चाँडै अन्त्य भई विश्वभरि नै शान्ति र सकारात्मकता फैलियोस् भन्ने कामनाका साथ दिवसका अवसरमा दीप प्रज्वलन गरिएको आयोजकले जनाएको छ । विराटनगरस्थित सेन्ट्रल मलमा शान्तिको प्रतीक परेवाको चित्र बनाएर दीप प्रज्वलन गरिएको थियो । क्लबले नोपालीहरूमा सकारात्मक सोच कामनासमेत गरेर विश्वशान्ति दिवसको अवसर पारेर परेवाको चित्र एवं दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको क्लबकी अध्यक्ष गंगा खतिवडा (शाह)ले बताइन् ।

क्लबका सबै सदस्यहरूको सक्रिय सहभागिता र सहयोगकै कारण कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अध्यक्ष शाहले उल्लेख गरिन् । कार्यक्रममा लायन्स क्लब अफ अन्तर्राष्ट्रिय ३२५ ए–वानका मन्टिपल काउन्सिसल चियरमेन राजन खत्रीले विश्वशन्तिको प्रतीकका रुपमा रहेको परेवारको चित्र बनाएर दीप प्रज्वलन गर्ने काम प्रशंसनीय भएको बताए । उनले नयाँ सोचका साथ क्लबले विश्व शान्ति दिवस मनाएको धारणा राख्नुभयो ।
कोरोना भाइरसबाट ज्यान गुमाउनेहरूप्रति स्मरण गर्दै समाजमा सकारात्मक सोचको विकास होस् भन्ने कामनाका साथ कार्यक्रम आयोजना गरेको क्लवकी सचिव अञ्जना कट्टेल सुवेदीले जानकारी दिइन् । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेललगायत क्लबका सदस्यसमेतको उपस्थिति रहेको थियो । क्लबले यसअघि कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरी, पत्रकारलगायतलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुका साथै वृद्धाश्रमका ज्येष्ठ नागरिकहरूलाई भोजनसमेत गराएको थियो ।

मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]