०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

काठमाडौं, ७ असोज । दिव्यव्योति फाउण्डेसनको प्रस्तुति ‘डिसएवलिटी ट्यालेन्ट–२०२०’ टिभी टुडे एचडीमा प्रसारण हुने सहमति भएको छ ।
भदौ २५ गतेका दिन आयोजक टिम दिव्यव्योती फाउण्डेसन प्राइभेट लिमिटेड र टिभी टुडे नेटवर्क प्राइभेट लिमिटेडबिच सहमति भएको हो । विश्व साइकलयात्री चित्र पौडेल यस कार्यक्रमको संयोजक तथा रश्मी शाक्य सहसंयोजक हुन् । त्यसो त नेपालमा बर्सेनि प्रतिभा प्रस्तुत गर्ने थुप्रै कार्यक्रमहरू हुने गर्दछन्, तर शारीरिक रूपमा अशक्त फरक क्षमता भएका व्यक्तिहरू भने यस्ता कार्यक्रमहरूबाट टाढै रहेको महसुस गर्दैै शारीरिक रूपमा अशक्त फरक क्षमता भएका व्यक्तिहरूका लागि ‘डिसएवलिटी ट्यालेन्ट २०२०’ आयोजना गर्ने लागेको कार्यक्रमको संयोजक चित्र पौडेलले बताए ।
दिव्यजोती फाउन्डेसन नेपाल तथा चिल्ड्रेन गार्डेन एकाडेमीको संयुक्त आयोजनामा हुन लागेको यस इभेन्टको हाल धमाधम अनलाइन अडिसन भइरहेको छ । अगष्ट १४ तारिखबाट सुरु भएको अडिसन अक्टुबर २१ सम्म चल्ने कार्यकारी निर्माता बिना श्रेष्ठले बताइन् । कार्यक्रममा सहभागी प्रतियोगीले गायन, नृत्य तथा चित्रकला गरी तीन विधामा आफनो प्रतिभा प्रस्तुत गर्न सक्नेछन् । देशका सातैवटा प्रदेशका मुख्य सहरहरू, विर्तामोड, इटहरी, जनकपुर, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीबाट कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।
प्रतियोगीहरूलाई बिभिन्न चरण छनौट गरी अन्तिम चरण अर्थात फाइनल काठमाडौंमा गरिनेछ । सम्पूर्ण कार्यक्रमलाई चार भागमा विभाजन गरी टिभी टुडे एचडीमा प्रसारण गरिनेछ । वरिष्ठ गायक सिताराम पोखरेल, कलाकार तथा वान लेग डान्सर रोमा न्यौपाने, नील डेविट, गणेश राई निर्णायकको भूमिका रहनेछन् । कार्यक्रममा उत्कृष्ट प्रथम स्थान हासिल गर्ने विजेताले एक लाख नगदसहित मुस्ताङ घुम्ने अवसर पाउनेछन् ।

बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]