०८ कार्तिक २०७७, शनिबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित

काठमाडौं, ७ असोज । समकालीन सात कविका संयुक्त कवितासंग्रह ‘यतै कतै’ बजारमा आएको छ ।
संग्रहमा कविहरू आरएम डंगोल, गोविन्द नेपाल, छविरमण सिलवाल, टंक उप्रेती, ठाकुर वेल्वासे, प्रोल्लास सिन्धुलीय र मणि लोहनीका ७० वटा कविता समेटिएको छ । आ–आफ्नो क्षेत्रमा स्थापित सातै कविहरू नेपाली कविताको शक्ति, सौन्दर्य र गाम्भीर्यप्रति सचेत देखिन्छन् ।
उनीहरूका कवितामा देशको पछिल्लो तस्बिर मात्र होइन यो पुस्ताले भोगेको त्रासदीपूर्ण जीवन र सम्भावनाको अनन्त उज्यालो पढ्न सकिन्छ । द्वन्द्वको घाउ र राजनीतिक पटाक्षेपसँगै मानिसको बाँच्ने चाहना र त्यसका लागि गरिने संघर्ष कवितामा अनुभूत हुन्छ । विषम परिस्थिति र विसंगत समयमाथि लेखिएका अब्बल कविताहरूले नेपाली कविताका पारखीहरूलाई सन्तुष्ट पार्ने प्रकाशकको विश्वास छ । समवयी सृजन कौशलसहित चालीसदेखि पचासको दशकसम्ममा स्थापित सर्जकहरूको काव्यिक सोचको एकमुष्ट साक्षीको रुपमा ‘यतै कतै’ कृतिको प्रकाशन गरेको विएन पुस्तक संसार प्रालिका प्रमुख सूर्य विसीले जनाएका छन् । किताबको मूल्य ३ सय रुपैयाँ तोकिएको छ । कविताको क्षेत्रमा स्थापित सात कविहरूले ‘पी सेभेन’ समूह गठन गरी कविताको अध्ययन, अनुसन्धान र अनुवादका कामहरू गर्ने जनाएका छन् ।

बुधबार, आश्विन ०७, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]