१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित

खोटाङ / युवा साहित्यकार एकराज बुढाथोकीले निर्देशन गरेको सोल्टिनी–२ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
चर्चित गायिका सुनिता थेगिम र कुबेर राईको सुमधुर आवाजमा सजिएको म्युजिक भिडियोको खोटाङको हलेसीतुवाचुङ नगरपालिकाका मेयर इवन राईले सार्वजनिक गरे । सार्वजनिक भएको छोटै समयमा म्युजिक भिडियोले दर्शक र स्रोताको मन जित्न सफल भएको छ । गीतमा मिरेश राई र लेखिना राईले अभिनय गरेका छन् । कोरियाग्राफी लेखिना राई, निर्देशन एकराज बुढाथोकी र क्यामेरा साथै सम्पादन गदुल राईले गरेका छन् ।
स्थानीय कलाकरहरूको कलालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ अदृश्य कला केन्द्रको आयोजनमा निर्मित भिडियोले गाउँमा बसेर पनि कलाकारिताको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको निर्देशक बुढाथोकीले भनाइ छ । बुढाथोकी निर्देशनसँग साहित्यिक पत्रकारिताका साथै साहित्य लेखनमा सक्रिय छन् ।

 

मंगलबार, आश्विन २०, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]