१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close
निजी विद्यालयका शिक्षकद्वारा प्याब्सन कार्यालयमा तालाबन्दी

माग पूरा नभए विद्यालय सञ्चालकको घरमा धर्ना दिने चेतावनी

Birat Sandesh

आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

विराटनगर / संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला कार्य समिति मोरङले प्याब्सन मोरङको कार्यालयमा तलाबन्दी गरेको छ ।
विराटनगरस्थित प्याब्सन मोरङ जिल्ला समितिको कार्यालयमा संस्थागत विद्यालय शिक्षक युनियन जिल्ला कार्य समिति मोरङका अध्यक्ष मनोज खनालको नेतृत्वमा गएको टोलीले आइतबार तालाबन्दी गरेको हो । कोभिड–१९ को प्रभावका कारण निजी विद्यालयका सञ्चालकहरुले थोरै भए पनि दशैंमा तलब दिने भने पनि तलब नपाएपछि तलाबन्दी गर्नुपरेको खनालले बताए । “प्याब्सनसँग गरेको सहमति निजी विद्यालयहरुले कार्यान्वयन नगरेपछि तालाबन्दी गर्नुपरेको हो,” उनले भने, “दशैं भित्रिसक्दा पनि तलब नपाउँदा कसरी दशैं मनाउने भन्ने चिन्ता छाएको छ ।”
निजी विद्यालयका सञ्चालकहरुसँग शिक्षकहरुको तलबका लागि पहल गराइदिन बारम्बार ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराउँदै आइरहे पनि सुनुवाई नभएको उहाँले बताउनुभयो । शिक्षकलाई निजी विद्यालयका सञ्चालकबाट तलब दिलाउन नसकेको कारण तालाबन्दी गर्नुपर्ने बध्यता भएको इस्टुका विराटनगर समितिका अध्यक्ष रमेश पाण्डेले बताए । प्याब्सन नगर र प्याब्सन मोरङ समितिका जिम्मेवार पदाधिकारीहरुले खोक्रो आश्वासन मात्रै दिने तर आफ्नो दायित्वबाट भाग्ने गरेको उनले आरोप लगाए । निजी विद्यालयका शिक्षकहरुले २०७६ चैतदेखि २०७७ असोजसम्मको बाँकी बक्यौतासहितको तलब, भत्ता र दशैं पेश्की उपलब्ध नभएसम्म ताला नखोल्ने चेतावनी दिएका छन् । शिक्षकको टोलीले आइतबार श्रम कार्यालय विराटनगरमा पुगेर श्रम ऐनबमोजिम कारबाहीका लागि पहल गरिदिन आग्रह गरेको छ । माग सुनुवाई नभए अझै कडा आन्दोलनमा उत्रिन बाध्य हुने महानगर समितिका अध्यक्ष पाण्डेको भनाइ थियो । “तत्काल हाम्रो माग पूरा नभए विद्यालय सञ्चालकको घरमै गएर धर्ना दिन पनि पछि पर्दैनौं,” पाण्डेले भने, “दशैंमा हाम्रा बालबच्चालाई नयाँ लुगा फेरिदिनेसमेत अवस्था छैन ।”

आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]