१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित

विराटनगर / लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनल र लियो क्लब अफ विराटनगरले आफ्नो तीन हप्ता लामो अभियान समापन गरेको छ ।
क्लबले विराटनगरस्थित कोशी अस्पतालमा उपचाररत बिरामीका कुरुवालाई निःशुल्क रुपमा खाना वितरण गर्दै आएको थियो । विगत तीन हप्तादेखि निःशुल्क खाना वितरण गर्दै आएको क्लबले एक समारोहको आयोजना गरेर विधिवत समापन गरेको हो । “तीन हप्तादेखि अभियानकै रुपमा कुरुवाहरूलाई हामीले निःशुल्क खाना वितरण गर्दै आएका थियौं,” क्लबका निवर्तमान अध्यक्ष डा. बालकृष्ण साहले भने, “अहिलेका लागि अभियानको समापन गरेका छौं । सम्भव भए भविष्यमा पनि अभियान सञ्चालन हुन सक्छ ।” साहको अग्रसरतामा क्लबका सदस्यहरूबाट संकलन गरेको रकमबाट खाना वितरण गरिएको हो ।
कोरोनाको कहरका बेलामा बिरामीको कुरुवाहरूलाई खाना खान निकै समस्या भएकाले अस्पतालमै पुगेर निःशुल्क खाना वितरण गर्दै आइरहेकोे डा. साहले बताए । अस्पतालले नै बिरामीलाई खाना उपलब्ध गराएका कारण कुरुवालाई निःशुल्क खाना वितरण गर्न उपयुक्त ठानेर क्लबले सहयोग गरेको उनको भनाइ थियो । क्लबले निकै प्रशंसनीय काम गरेको लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ ए– वान पूर्व डिस्ट्रिक गभर्नर लीला ढुंगेलले बताए ।
क्लबका सदस्यहरूको सहयोग र साझेदारी देखर आउँदा दिनहरूमा क्लबले अझै राम्रो काम गर्न हातेमालो गरेर सहयोग गर्ने उनले प्रतिवद्धतासमेत जनाए । अस्पतालमा बिरामीको कुरुवाहरूलाई निःशुल्क खाना वितरण गर्न प्रदेश–१ का स्वास्थ्य आपूर्ति महाशाखाका प्रमुख शम्भु साहले पूर्ण रुपले सहयोग जुटाइदिएको क्लबले जनाएको छ । खानाका लागि रोयल बिर्यानी हाउसले समेत सहयोग जुटाइदिएको उनले बताए । कार्यक्रममा वैश्य युवा संघका अध्यक्ष गणेश साह, रोयल विर्यानी हाउसका प्रबन्धक पप्पु अन्सारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैबीच, लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनलले सञ्चालन गर्दै आएको ‘कुरुवालाई खाना’ कार्यक्रमको औपचारिक समापनमा कार्यक्रमका संयोजक तथा क्लबका द्वितीय उपाध्यक्ष एवं प्रदेश १ को स्वास्थ्य आपूर्ति महाशाखा प्रमुख शम्भु साहलगायत उपस्थित क्लबका ८ जना सक्रिय सदस्यहरुलाई लायन्स अन्तर्राष्ट्रिय ३२५ ए वानका पूर्वगभर्नर लीला ढुंगेलले पिनले सम्मान गरे ।
संयोजक साह, क्लबका संस्थापक अध्यक्ष डा. बालकृष्ण साह, सचिव गजेन्द्र यादव, कोषाध्यक्ष प्रमोद कुमार साह, निर्देशक ज्ञानबहादुर बस्नेत, तथा सदस्यहरु धर्मेन्द्र संग्रौला, तेजनारायण साह, संजिव पोखरेल, वीरेन्द्र देव र लवरेन्ज साहलाई पिन लगाइदिएर ढुंगेलले सम्मान गरेका थिए ।

 

आइतबार, कार्तिक ०२, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]