१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

विराटनगर / ६५ औं प्रहरी दिवस २०७७ को उपलक्षमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेशकुमार पोदार पुरस्कृत भएका छन् ।
ट्राफिक व्यवस्थापनमा उत्कृष्ट काम गरेको भन्दै दिवसका अवसरमा पोदार पुरस्कृत भएका हुन् । मोरङ ट्राफिक प्रमुख भएर आएसँगै पोदारले ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउँदै लगेका छन् ।
पोदारलाई राष्ट्रियस्तरको पुरस्कार प्रदान गरिएको हो । प्रहरी प्रधान कार्यालयले प्रदान गर्ने सो पुरस्कार कोभिडका कारण काठमाडौं जाने अवस्था नभएपछि १ नम्बर प्रदेश प्रहरी कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र प्रहरी नायव महानिरीक्षक डिआइजी ईश्वरबाबु कार्कीले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरे । पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको महसुस गरेको पोदारले बताए । नागरिक समाजसहित सबैको साथ र सहयोगले प्रदेश राजधानीको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाइने उनको भनाइ थियो ।

 

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]