१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

विराटनगर / चर्चित गायक सीताराम पोखरेल ‘मनको मैलो’ गीतको म्यूजिक भिडियो लिएर दर्शक–स्रोतामाझ आएका हुन् ।
पोखरेलले स्वर दिएको म्यूजिक भिडियो सार्वजनिक भएको छोटै समयमा दर्शक स्रोताको मन जित्न सफल भएको छ । गीतमा सञ्जय हमालको संगीत तथा संगीत संयोजन छ । गीतका शब्दहरू हेमन्त खतिवडाले रचना गरेका हुन् । समन अधिकारीद्वारा निर्देशित उक्त गीतको म्यूजिक भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा सँगै गायक पोखरेल, आयुषी ढकाल तथा हेमा श्रेष्ठले अभिनय गरेका छन् । भिडियोमा फराज अर्पणको सम्पादन तथा छायांकन छ । ओएसआरको युट्युब च्यानलबाट उक्त भिडियो सार्वजनिक गरिएको हो । विगतका म्यूजिक भिडियोजस्तै ‘मनको मैलो’ गीतको भिडियोले पनि दर्शकको मन जित्ने गायक पोखरेलको भनाइ छ ।

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
मनोरञ्जन संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]