१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित

विराटनगर / कोभिड संक्रमितको उपचारमा सहज होस् भन्ने उद्देश्यका साथ विराटनगर महानगरपालिकाको पहल र युुएनडीपीको सहयोगमा प्रदेश–१ सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
विराटनगर महानगरले एक अनौपचारिक कार्यक्रमका गरी युएनडीपीको सहयोगमा आएको सामग्री प्रदेश नं. १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई हस्तान्तरण गरेको छ । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र युुएनडीपी प्रदेश–१ का प्रमुुख धनबहादुुर चन्दले उक्त सामग्री हस्तान्तरण गर्दै जनताको स्वास्थ्य सेवामा थप सहजता आउने विश्वास व्यक्त गरे ।
महानगरको समन्वयमा युुनएनडीपीले पिसिआर टेष्टमा प्रयोग हुुने अटोमेटिक आरएनए एक्सट्राक्सन मेसिन, भेन्टिलेटर तथा अक्सिजन कन्सनट्रेटरलगायतका सामग्री हस्तान्तरण गरेको हो । ७५ लाख मूल्य बराबरको तीनवटा स्वास्थ्य उपकरण प्रदेश ल्याब तथा कोभिड अस्पताल र विराटनगरको वैझनाथपुुरमा रहेको आइसोलेसन केन्द्रमा प्रयोगमा ल्याइने जनाइएको छ ।
कार्यक्रमा बोल्दै सामाजिक विकासमन्त्री जिवन घिमिरेले विराटनगरस्थित कोभिड अस्पतालको क्षमता विस्तार गर्न लागेको बताए । विराटनगर र धरानस्थित कोभिड अस्पताललाई थप विस्तार गर्दै जाने बताए । विराटनगरमा १५ वटा भेन्टिलेटर थप जडान गर्न लागेको मन्त्री घिमिरेले बताए । विराटनगर महानगरपालिकाका प्रमुुख भीम पराजुुलीले महानगरपालिकाले निजीस्तरको सहयोगमा अक्सिजनसहित एक सय बेडको अस्पताल सञ्चालन गर्न लागेको बताए । कोभिड रोकथाम उपचार तथा नियन्त्रणका लागि महानगरपालिकाले सम्पुूर्ण शक्ति लगाइरहेको बताए ।
कार्यक्रममा विराटनगर महानगरका प्रमुख प्रशाकीय अधिकृत इन्द्रमणि पोखरेल, कोशी अस्पताल विराटनगरका मेडिकल सुुपरिटेन्डेन्ट डा. चुुमनलाल दास, डा. दीपक सिग्देललगायतको सहभागिता रहेको थियो ।

मंगलबार, कार्तिक ०४, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]