१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित

विराटनगर / नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उद्योगी राजेन्द्र राउतले उम्मेदवारी दर्ता गराएका छन् ।
कोरोना कहरका कारण स्थगित महासंघको ५४ औं साधारणसभा यही मंसिर ११, १२ र १३ गते हुँदैछ । साधारणसभामा हुने निर्वाचनका लागि नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर १ का उपाध्यक्ष राउतले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन् । मोरङ व्यापार संघका पूर्व वरिष्ठ उपाध्यक्ष रहेका राउतले महासंघको प्रदेशको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
मोरङ व्यापार संघको तर्फबाट उम्मेदवार भएका राउत विभिन्न उद्योग व्यवसायमा संलग्न हुनका साथै सामाजिक क्षेत्रमा समेत सक्रिय छन् । प्रदेशबाट राउतलाई सर्वसम्मत बनाउने पहलसमेत भइरहेको छ । प्रदेशबाट केन्द्रीय सदस्यमा राउतको विकल्प नभएको एक उद्योगीले बताए । उनका अनुसार राउत शतप्रतिशत निर्विरोध निर्वाचित हुने सम्भावना छ । राउतको राउत कन्ट्रक्सन, शिवम् फुटवेयर प्रालि, अन्नपूर्ण सिमेन्ट उद्योग, स्वस्तिक रोलिङ मिल, शिव ओम मल्टिपर्पोज प्रालि, शिव ओम अटो सेन्टरलगायत आधा दर्जनभन्दा बढी उद्योग व्यवसाय सञ्चालनमा छन् ।

बिहिबार, कार्तिक २७, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]