१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, मंसिर ०२, २०७७ मा प्रकाशित

विराटनगर / नारी स्रष्टा समाज विराटनगरले युवाकवि दीपक शम्चुलाई मोहन–लता साहित्य पुरस्कार समर्पण गरेको छ ।
विगत डेढ दशकभन्दा लामो समयदेखि साहित्य क्षेत्रमा सक्रिय युवाकवि शम्चुलाई ११ हजार नगद राशिसहित सम्मानपत्र समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार शैलेन्द्रप्रकाश नेपाल, विशिष्ट अतिथि वरिष्ठ समालोचक दधिराज सुवेदी र आयोजक संस्थाकी अध्यक्ष ममता मृदुलले शम्चुलाई नगद र सम्मान प्रदान गरेका थिए । साहित्यकार ममता मृदुल, अभिजय श्रेष्ठ, मञ्जुश्री गिरी, किरण गिरी र विकल गिरीले पुरस्कारको स्थापना गरेका हुन् । अक्षयकोष खडा गरेर पुरस्कारलाई संस्थागत गरिने अध्यक्ष मृदुलले जानकारी दिए । सो पुुरस्कार पहिलोपटक शम्चुलाई समर्पण गरिएको हो । नारीहरूको संस्था भए पनि हरेक वर्ष पुरुष साहित्यकारलाई उक्त पुरस्कार समर्पण गरिने संस्थाले जनाएको छ ।
आगामी दिनमा पुरस्कारको राशि वृद्धि गर्ने योजना रहेको मृदुलको भनाइ थियो । कार्यक्रममा कवि मधु पोखरेल, भरत गुरागाईं, सुमन पोखरेल, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, सीमा आभास, मीनकुमार नवोदित, रामबाबु दाहाल, रोमा निरौला, लक्ष्मी पोखरेललगायतले कवि शम्चुका कविता वाचन गरेका थिए ।

मंगलबार, मंसिर ०२, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]