१० मंसिर २०७७, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित

विराटनगर / विराटनगरका समाजसेवी एवम् उद्योगी दीनबन्धु गोयलले सर्लाहीको चक्रघट्टा गाउँपालिकाका महिलालाई साडी वितरण गरेका छन् ।
समाजसेवी गोयलले छठ पूजाका ३ हजार व्रतालु महिलालाई साडी वितरण गरेका हुन् । गाउँपालिकाका अध्यक्ष विक्रम यादवले गोयलबाट प्राप्त साडी आफ्नै हातले ३ हजार महिलालाई वितरण गरेको जानकारी दिए ।
अध्यक्ष यादवका अनुसार सोही अवसरमा गाउँपालिकाका १ हजार जनालाई कम्बल पनि वितरण गरिएको छ । उक्त कम्बल पनि समाजसेवी गोयलकै सौजन्यबाट प्राप्त भएको यादवले बताए । उद्योगी गोयलले दाजु ओमप्रकाश गोयलको स्मृतिमा हरेक वर्ष छात्रवृत्ति, सिलाइ मेसिनलगायतका वितरण गर्दै आएका छन् ।

 

शनिबार, मंसिर ०६, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]