१६ फाल्गुण २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

मंगलबार, पौष २१, २०७७ मा प्रकाशित

विराटनगर, २१ पुस । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ तेउद्योग वाणिज्य महांघ प्रदेश–१ मा ढकाल निर्विरोधस्रो साधारणसभाबाट टीकाराज ढकाल निर्विरोध निर्वाचित भएका छन् ।
झापाको विर्तामोडमा सम्पन्न तेस्रो साधारणसभा तथा अधिवेशनबाट झापाका ढकाल अध्यक्षमा निर्विरोध १३ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित चयन गरेको हो । ढकाल झापा उद्योग वाणिज्य संघको तर्फबाट प्रदेश अध्यक्षमा उम्मेदवार बनेका थिए । महासंघको उपाध्यक्षमा राजेन्द्र राउत सर्वसम्मत चयन भएका छन् । राउत एसोसिएटतर्फबाट उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । यसअघि पनि उनी सोही पदमा थिए । राउत नेपाल उद्योग वाणिज्य महासंघमा प्रदेश–१ बाट केन्द्रीय सदस्यमा निर्विरोध भएका थिए । त्यस्तै जिल्ला उपाध्यक्षतर्फ भने भीम पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । पौडेल इटहरी उद्योग वाणिज्य महासंघका अध्यक्ष हुन् ।
कोषाध्यक्षमा विराटनगरका उद्योगी रमेश राठी, जिल्ला, एसोसिएट र वस्तुगत गरी ९ सदस्य पदमा जिल्ला संघमध्येबाट युवराज शाक्य (संखुवासभा), भूपालराज कटुवाल (गौरादह), कुमार भट्टराई (विर्तामोड), वीरेन्द्रकुमार साह (इनरुवा) र पृतम खड्गी (उर्लाबारी) निर्विरोध निर्वाचित भए । वस्तुगततर्फ विराटनगरका राजन श्रेष्ठ र सुवास आचार्य, एसोसिएट सदस्यमा रविन दाहाल र श्रवणकुमार अग्रवाल निर्वाचित भएको महासंघ प्रदेश–१ का निर्देशक राधारमण भण्डारी (श्याम) ले जानकारी दिए ।
पुस ११ गते विराटनगरमा गर्ने तोकिएको अधिवेशन रोक्न उद्योगी सुशील धनावतले निषेधाज्ञायुक्त परमादेश माग गर्दै उच्च अदालत विराटनगरमा पुस ३ गते रिट दर्ता गराएका थिए । अदालतले साधारणसभा रोक्न अल्पकालीन अन्तरिम आदेश दिएपछि स्थगन भएको थियो । पुस १५ मा न्यायाधीशद्वय प्रेमराज ढकाल र रेणुका शाहको संयुक्त इजलासले उक्त अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने ठहर गरेपछि महासंघको अधिवेशन सम्पन्न भएको हो । महाधिवेशन उद्घाटन समारोहमा महासंघका मानार्थ सदस्य किशोर प्रधान, केन्द्रीय सदस्य नरेन्द्रकुमार खड्का, गजेन्द्रकुमार भगतलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

तस्बिर पनि छ ।

 

मंगलबार, पौष २१, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]