१६ फाल्गुण २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, पौष २२, २०७७ मा प्रकाशित

विराटनगर / विराटनगर–१२ को पशुपति टोल विकास समितिको अध्यक्षमा ज्ञानेन्द्र खड्का चयन भएका छन् ।
नेपाली कांग्रेसको विचारसँग नजिक रहेका व्यक्तिहरुको भेलाले खड्काको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरेको हो । नेपाली कांग्रेस विराटनगर–१२ का बुथ सभापति हरिनारायण यादवको उपस्थितिमा भएको भेलाले जगन्नाथ अधिकारी, पुष्पा दाहाल, लक्ष्मी भट्टराई अधिकारी, खडानन्द आचार्य, मुना कोइराला, विष्णु पौडेल, शिशिर पराजुली, महेन्द्रनारायण दास सर्वसम्मत रुपमा सदस्यमा चयन गरेको छ ।
समितिको सल्लाहकारमा लोकबहादुर भण्डारी, मीनकुमार नवोदित, दयानाथ नेपाल, गोविन्द बडाल र कुवेरबहादुर थापा रहेका छन् । समितिले टोलको विकासमा पहल गर्ने अध्यक्ष खड्काले बताए । विराटनगर–१२ मा ४३ वटा सरकारी टोल समिति छन् । सबै टोलमा समिति गठन गरिने सभापति यादवको भनाइ छ ।

बुधबार, पौष २२, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]