१६ फाल्गुण २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

बिहिबार, पौष २३, २०७७ मा प्रकाशित

विराटनगर / रोटरी क्लब विराटनगर मिडटाउन मोरङको कोनेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोमा स्वीटर वितरण गरेको छ ।
रोटरी क्बल विराटनगर मिड टाउनले बिहीबार स्कुल परिसरमा ५० थान जाडोमा लगाउने स्वीटर विद्यार्थीहरूलाई बितरण गरेको हो । ग्रामीण क्षेत्रमा रहेर अंग्रेजी माध्यमबाट पठनपाठन सुरू गरी अभिभावको मन जित्न सफल सरस्वती आधरभूत विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई जाडोमा लगाउने स्वीटर वितरण गरिएको रोटरी क्बल विराटनगर मिड टाउनका अध्यक्ष पुण्य भट्टराईले जानकारी दिए । उक्त क्बलले यसअघि पनि सो स्कुललाई १ सय ५० थान टाई र बेल्ट वितरण गरेको थियो ।
“सामाजिक कार्यअनुसार हामीले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीहरूलाई सहयोग सामग्री हस्तान्तरण गरिएको हो,” क्लबका अध्यक्ष भट्टराईले भने, “आगमी दिनमा पनि रोटरी क्बल विराटनगर मिडटाउनले स्कुलमा अध्ययरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री हस्तान्तरण गर्दै अगाडि बढ्नेछ ।” भट्टराईले नेतृत्व समालेको रोटरी क्लबले आफ्नो कार्यकालभरि सामाजिक गतिविधिको कार्यक्रम पनि गर्ने कार्ययोजना बनाएर उनी अगाडि बढेका छन् ।
कार्यक्रममा रोटरी क्बल विराटनगर मिडटाउनका पूर्वअध्यक्षहरू घनश्याम राठी, रामअवतार आग्रवाल, भैरवप्रसाद रिजाल, क्लबका भावी अध्यक्ष जयकमल अग्रवाल, क्लबका निर्देशक कुमार खतिवडा, स्कूलका प्रधानध्यापक चन्द्र मगर, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र बराइलीको उपस्थितिमा विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा वितरण गरिएको थियो । आगामी दिनमा पनि विद्यार्थीलाई सहयोग गर्ने अध्यक्ष भट्टराईले बताए ।

 

बिहिबार, पौष २३, २०७७ मा प्रकाशित
प्रदेश नम्बर एक संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]