१६ फाल्गुण २०७७, आइतबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, पौष २६, २०७७ मा प्रकाशित

विराटनगर / विराटनगरस्थित राष्ट्रसेवक बहुमुखी सहकारी संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा पुनः जीवन काफ्ले चयन भएका छन् ।
विराटनगरमा भएको २२ औं साधारणसभाले काफ्लेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । साधारणसभाले समितिको उपाध्यक्षमा तुलसीनारायण अधिकारी, सचिवमा प्रदीपकुमार पाण्डे र कोषाध्यक्षमा चोमेश पोखरेललाई निर्विरोध चयन गरेको छ । त्यस्तै तुलसी खतिवडा, वसन्त घिमिरे, गीता गिरी, विनिता आचार्य, केदार चौधरी र उमा शर्मा तिवारी सदस्यमा चयन भए । साधारणसभाले राजेन्द्र सुवेदीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति पनि निर्विरोध रूपमा निर्वाचित गरेको छ । समितिमा चेतनाथ न्यौपाने र मुना दाहाल सदस्य हुनुहुन्छ ।
१ हजार ८ सयभन्दा बढी शेयर सदस्य रहेको सहकारीले गत वर्ष ४० लाख नाफा गरेकोमा चालु आर्थिक वर्षमा ३३ लाख नाफा गर्ने लक्ष्य राखेको नवनिर्वाचित अध्यक्ष काफ्लेले बताए । उनका अनुसार चालु आर्थिक वर्षमा ३ करोड ४१ लाख आम्दानी गरेर ३ करोड ८ लाख खर्च गर्दा सहकारीले ३३ लाख रुपैयाँ नाफा कमाउने लक्ष्य राखेको छ । त्यस्तै सहकारीको कुल सम्पत्ति दायित्व ३५ करोड ४४ लाख पु¥याउने लक्ष्य रहेको छ । वार्षिक ५० करोड बराबरको कारोबार हुने गरेको छ । २०५५ सालमा स्थापित सहकारीमा निजामती कर्मचारी र उनीहरुका परिवार शेयर सदस्य रहेका छन् ।

 

आइतबार, पौष २६, २०७७ मा प्रकाशित
अर्थ संग मिल्दोजुल्दो
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]