हिजो कचौरा थाप्दै आफ्ना चिरिएका हात देखायो
सडकमा निदाउनेले नै आज पैसाको खात देखायो ।
क्रान्ती संघर्षबाटै हुन्छ समाजिक क्रान्ती गर्छु भन्नेले
छेपारोलेझैँ रङ्ग फेर्दै सिंहदरबार पुगी औकात देखायो ।
बगरमा लम्पसार पर्यो नदीले बगी धार परिवर्तन गर्दा
अस्ताए घाम–जून निश्चल ताराबीच अँधेरी रात देखायो ।
लानु थियो पलाउन लागेको पालुवालाई मलजल गर्दै
उखेल्यो पापीले जरैदेखि र सुकिसकेका पात देखायो ।
बुद्धको देशमा जन्मिएकी छोरी हुँ शान्ति दिनुस् भन्दा
मेरो चाहनाको प्रतिकार भो कोलाहलको जमात देखायो ।