नेपाल कम्युनिस्ट पार्टी नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले बुधवार शक्ति प्रदर्शन गर्दै छ। आमसभाको तयारी पुरा भइसकेको नेताहरुले बताएका छन्। पुस ५ को संसद विघटनपछि सडक संघर्षमा उत्रिएको प्रचण्ड नेपाल समूह काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ। पुस १४ र माघ ९ मा काठमाडौंमा आमसभा गरेको उक्त समूहले बुधवार पनि आमसभा गर्दै छ। यसअघिका भन्दा दोब्बर मान्छे उतार्ने नेताहरुको दाबी छ।
औपचारिक रुपमा विभाजित नभए पनि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रका दुई पक्षबिच शक्ति प्रदर्शनको होडबाजी कायमै छ। पुस २३ गते सत्तारुढ नेकपाले राजधानीको दरबारमार्गमा शक्ति प्रदर्शन गर्यो भने त्योभन्दा ठूलो शक्ति पुस २८ मा देखाउने घोषणा गर्यो आन्दोलनमा रहेको समूहले। सत्तारुढ नेकपाको शक्ति प्रदर्शनमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरे भने आज हुने आन्दोलनरत समूहको शक्ति प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने छन्। बिहान ११ बजे पाँच ठाउँबाट जुलुस निकाल्ने तयारी प्रचण्ड माधव समूहले गरेको छ। राजधानीका पाँच स्थानबाट जुलुस निकाल्दै प्रदर्शन गर्ने नेकपाले जनाएको छ।
बुधबार, माघ २८, २०७७ मा प्रकाशित