०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित

विराटनगर / जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले यस वर्षको पत्रकारिता पुरस्कार पत्रकार हरिहर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
प्रतिष्ठानको बुधबार बसेको बैठकले डेढ दशकदेखि पत्रकारितामा सक्रिय नेपाललाई नगद ११ हजार १ सय ११ रुपैयाँ राशिको पुरस्कार समर्पण गर्ने निर्णय गरेको हो । स्काई एफएम, नेपाल वानमा काम गरिसकेका नेपाल हाल मकालु टेलिभिजनमा सहायक सम्पादक रुपमा कार्यरत छन् । त्यस्तै इटहरीकी साहित्यकार रीता ताम्राकारलाई प्रतिष्ठानले यस वर्षको साहित्य पुरस्कार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ले जानकारी दिए ।
ताम्राकार विगत दुई दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय छन् । उनका विभिन्न कृति प्रकाशित छन् । ताम्राकारलाई पनि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्रका साथ पुरस्कृत गरिनेछ । घोषित सबै पुरस्कार यही फागुन १९ गते झापाको बुट्टाबारीमा विशेष समारोहको आयोजना गरेर समर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।

बुधबार, फाल्गुण १२, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]