०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

विराटनगर / मोरङमा आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको गठन गरिएको छ । विराटनगरमा भएको भेलाले सन्तोष लिम्बूको अध्यक्षतामा १९ सदस्यीय संरक्षण केन्द्र गठन गरिएको हो ।
वैदेशिक रोजगारबाट फर्किएर नेपाल आएकाहरु केन्द्रमा आबद्ध हुनेछन् । गठित समितिको उपाध्यक्षमा राधिका ढकाल, सचिव नवराज माम्खाली काफ्ले, सहसचिवमा रञ्जितकुमार महतो र कोषाध्यक्षमा फूलमाया श्रेष्ठ रहेका छन् । क्षमता विकास तथा आप्रवासी हकहित संरक्षणका सवालमा भएको कार्यक्रमका प्रमुख अतिथि विराटनगर महानगरका मेयर भीम पराजुलीले विदेशमा सिकेका राम्रा कुराहरुलाई देश विकासमा लगाउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सुरक्षित आप्रवासन परियोजना (सामी)को समन्वयात्मक कार्यक्रमसँगै वैदेशिक रोजगारबाट फर्किएकाहरु एकीकृत भएका हुन् । वैदेशिक रोगजारीबाट फर्किएकाहरुलाई केन्द्रमा समेट्दै अगाडि बढ्ने नवगठित कार्यसमितिका सचिव काफ्लेले बताए । विदेशमा आर्जन गरेको सीप र अनुभवलाई मुलुक निर्माणमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा समितिले काम गर्ने काफ्लेको भनाइ छ ।

 

शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]