०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित

विराटनगर / अग्रज लघुकथाकार लक्ष्मण नेवटियाद्वारा लिखित ‘यो जोसँग सम्बन्धित छ’ लघुकथा आज विराटनगरमा विमोचन गरिएको छ ।
लघुकथा समाज प्रदेश–१ ले विराटनगरमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्राज्ञ विवश पोखरेल, प्राज्ञ गंगा सुवेदी, साहित्यकार विधान आचार्यलगायतले संयुक्त रुपमा संग्रहको विमोचन गर्नुभएको थियो । विमोचित कृतिमाथि साहित्यकार भूषण ढुंगेलले समीक्षा गरेका थिए । अहिलेको समाजलाई बुझ्न विमोचित कृति पढ्नु आवश्यक रहेको समीक्षक ढुंगेलले बताए । पढ्न सुरु गरेपछि नसकिकन उठ्नै मन नलाग्ने कृतिको विशेषता भएको उनको भनाइ थियो । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका लघुकथा समाजका केन्द्रित अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले अहिलेको व्यस्त समयमा लामा भन्दा छोटा सिर्जनाको माग भइरहेको बताए । उनले नेवटियाको कथासंग्रहमा छोटा तर चोटिला लघुकथाहरु समावेश गरिएको उल्लेख गरे ।
यस्तै शुक्रबार साहित्यकार दीपक लोहनीको दीपक र दीपकहरू लघुकथासंग्रहको पनि विमोचन गरिएको थियो ।

 

शनिबार, फाल्गुण १५, २०७७ मा प्रकाशित
समाचार संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]