०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

आशिष भट्टराई, न्युजिल्याण्ड

आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित
  • आशिष भट्टराई, न्युजिल्याण्ड

कोरोनाको नयाँ संक्रमण देखिए पछि कोरोना मुक्त भएको देश न्युजिल्याण्डमा पुन: लकडाउन लगाईएको छ ।
न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डनले शनिबार त्यहाँको सबैभन्दा ठूलो सहर अकल्याण्डमा एक साता सम्म लेबल ३ को र बाँकी देशमा लेबल २ को लकडाउनको घोषणा गरेकी छिन् । कोरोना भाइरस (कोभिड–१९) का नयाँ स्थानीय संक्रमित फेला परेसँगै अर्डनले देशभरी लकडाउनको घोषणा गरेकी हुन् । आईतबार देखि लागू हुने यो लकडाउन ७ दिन रहनेछ ।

जनवरी अन्तिमयता न्युजिल्याण्डमा कोरोनाका स्थानीय संक्रमित फेला परेका थिएनन् । तर १५ फेब्रुअरीमा विदेशबाट फर्किएका र क्वारेन्टिन अवधि पूरा गरेका मानिसको परीक्षणमा कोरोना पोजेटिभ पाइए पछि अघिल्लो हफ्ता ३ दिन लकडाउन लगाईएको थियो । न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले अहिले पोजेटिभ पाइएका कोरोना संक्रमितको स्वाबमा थप परीक्षण भइरहेको बताए । उनीहरुमा देखिएको संक्रमण कोरोनाको नयाँ प्रकार (भेरियन्ट) हो वा होइन भन्ने पत्ता लगाउन थप परीक्षण गरिएको हो । प्रधानमन्त्री अर्डनले यसअघि पनि न्युजिल्याण्डले प्रभावकारी रुपमा लकडाउन गरेर कोरोना नियन्त्रण गरेको भन्दै यसपटक पुनः कोरोना नियन्त्रणका लागि लकडाउनको आवश्यकता परेको बताइन् । यसअघि जनवरीमा पनि दुई महिनाभन्दा लामो समयपछि न्युजिल्याण्डमा कोरोना संक्रमित फेला परेका थिए । विश्व कोरोनाका कारण आक्रन्त बनेको बेला ३ महिनामा नै न्युजिल्याण्डले कोरोनालाई शुन्यमा झारेको थियो । तर सिमा खुकुलो भएसगैं न्युजिल्याण्डमा पुन: कोरोनाको संक्रमण देखिन थालेको छ ।

आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित
अन्तर्राष्ट्रिय संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]