०८ बैशाख २०७८, बुधबार
ताजा अपडेट Close

Birat Sandesh

आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित

विराटनगर / युवाकवि दीपक शम्चुको कवितासङ्ग्रह ‘अनुहारमा आप्पा’को विमोचन गरिएको छ ।
कृष्णभूषण बल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको सो कृतिको वरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराई, प्रा.डा. टंकप्रसाद न्यौपाने, वरिष्ठ आख्यानकार भागिरथी श्रेष्ठ, गीतकारसमेत रहेका प्रदेश–१ प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी टेक तामाङलगायतले कवितासङ्ग्रहको संयुक्त रुपमा विमोचन गरेका थिए । ‘अनुहारमा आप्पा’ शम्चूको पहिलो कवितासङ्ग्रह हो । उनका विभिन्न पत्रपत्रिकामा फुटकर सिर्जना प्रकाशित हुँदै आएका छन् ।
विमोचित कृतिको समालोतक भूषण ढुंगेलले टिप्पणी गरे । उनले कवितासङ्ग्रहमा विभिन्न स्वादका कविताहरू समावेश गरिएको बताए । आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका विषयलाई कविले सूक्ष्म रुपमा उठाएको उनको भनाइ थियो । कवि एवं पत्रकार मीनकुमार नवोदितले सञ्चालन गरेको सो कार्यक्रममा कवि शुभलक्ष्मी लम्साल र धीरज राईले विमोचित कृतिभित्रका कविता सुनाए । संग्रहमा ३३ वटा कविता समावेश छन् ।

आइतबार, फाल्गुण १६, २०७७ मा प्रकाशित
बिराटनगर खबर संग मिल्दोजुल्दो
ताजा पोष्ट
लोकप्रिय पोष्ट
Facebook
हाम्रो समूह

१. शेखर रेग्मी- प्रधान सम्पादक
२. मीनकुमार नवोदित- सम्पादक
३. आशिष भट्टराई- निर्देशक

 

 

सम्पर्क

विराट सन्देश डिजिटल अनलाईन
विराटनगर- ५, चादनी चोक
मोरङ, नेपाल मोबाईल- ९८४२०२८०४९
ईमेल- [email protected]